२०८२ पुष ३ गते बिहीबार ०१:४०

एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता

नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

Advertisement 1

त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन भन्दै धम्की दिएको सूचना काठमाडौं प्रहरीसम्म पुगेको थियो । ५ चैत २०८० मा एउटा यस्तो घटना भयो, जसलाई देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ नै गर्न अनुमति मागेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।

त्यो दिन प्रसाईंका दुई सुरक्षागार्ड अदालत परिसरमा अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । गेटमै प्रहरीले रोकेपछि प्रसाईंले आफ्नो इजाजत पत्र देखाएका थिए ।

Advertisement 2

तर, काठमाडौं प्रहरीबाट त्यसबेला खटिएका एक जना डीएसपीले इजाजत भएपनि सार्वजनिक स्थानमा हतियार देखाएर हिँड्न नमिल्ने बताउँदै सुरक्षागार्डलाई नियन्त्रणमा लिए । प्रसाईंबारे आदेश कुरेर बसे ।

‘हतियार अनुमति लिए अनुसारको थिएन, त्यसमाथि सरकारी कार्यालय अझ अदालत जस्तो स्थानमा बोकेर गएपछि कानूनी दायरामा ल्याउनु पर्ने परिस्थिति बन्यो’, यसबारे जानकार जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘त्यसक्रममा प्रसाईंलाई पनि होल्डमा राखेका थियौं ।’
यद्यपि, गृह प्रशासनबाट अघि बढ्न प्रहरीले अनुमति पाएन । स्रोतका अनुसार, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रसाईंलाई कारबाही गर्नुपर्नेमा सकरात्मक थिए । तर, माथिल्लो तहसम्म कुरा पुगेपछि जोगिए ।
प्रकाशित मिति :September 27, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry