आलु महँगियो, यस्तो छ कालीमाटीमा तरकारी भाउ

कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु महँगिएको छ । अघिल्लो दिनसम्म स्वदेशी रातो आलु प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार १५ रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ ।
Advertisement 1
भारतीय रातो आलु भने स्थिर प्रतिकिलो ६५ रुपैयाँ छ । तिते करेला र कन्य च्याउ पनि अघिल्लो दिनको तुलनामा केही महँगिएको छ भने अधिकांश तरकारीको भाउ स्थिर छ । अघिल्लो दिन प्रतिकिलो ७० रुपैयाँ अधिकतम मूल्य रहेको तिते करेला आज ८० रुपैयाँ पुगेको छ । कन्य च्याउ १८० बाट २०० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति :September 27, 2024
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



